महिला विश्वकप एसिया छनोट : नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै

होमल्याण्ड खबर

२०७५ फाल्गुन १३ गते, सोमबार ११:०० मा प्रकाशित

आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले आज चीनसंग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपालले आफ्नो पाँचौ खेलमा चीनसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुने खेल नेपालका लागि महत्वपुर्ण रहेका छ।

पछिल्ला ४ खेल बाट ६ अंक जोडेको नेपाल अंक तालकिाको चौथो स्थानमा रहेको छ। त्यस्तै ५ खेलबाट ६ अंक जोडेको चीन रन रेटको आधारमा तेस्रो स्थानमा रहेको छ। नेपाललाई अंक तालिकामा सुधारमा गर्न चीनविरुद्वको खेल महत्वपुर्ण रहेको छ ।

ग्लोबल छनोटमा पुग्न जारी प्रतियोगिताको शीर्ष स्थानमा रहन आवश्यक छ । त्यसका लागि नेपालले शीर्ष स्थानको थाईल्याण्डको हारको समेत कामना गर्नुपर्नेछ । तालिकाको शीर्ष स्थानको थाईल्याण्डले आज मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्लो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो । पहिलो खेलमा मलेसियलाई ३४ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा थाईल्याण्डसंग पराजित भएको थियो ।