१० मंसिर २०८१, सोमबार
आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटको पाँचौ खेलमा नेपालले चीनलाई ७८ रनको सामान्य लक्ष दिएको छ ।
सोमबार थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनायो ।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८, सिता राना मगरले ११, बिन्दु रावलले १०, इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन बनाईन् ।
चीनकि वाङ मेङ र हान लिलीले समान २/२ विकेट लिईन् ।