१० मंसिर २०८१, सोमबार
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र र लेस्टर सिटीले जित हात पारेका छन् ।
मंगलबार राति भएको खेलमा लेस्टरले ब्राइटनलाई २–१ ले र एभर्टनले कार्डिफ सिटीलाई ३–० ले पराजित गरी जित हात पारेका हुन् ।
लेस्टरले ब्राइटनबीचको खेलमा डेमारे ग्रेले १० औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । दोस्रो हाफको ६३ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरको अग्रतालाई दोब्बर पारे । त्यसको तीन मिनेटमा नै ब्राइटनका डेभि प्रोपरले गोल गर्दा पनि लेस्टरले खेल आफ्नो पक्षमा पार्यो ।
यस्तै एभर्टन र कार्डिफ सिटीको खेलमा खेलको ४१ औं मिनेटमा सिगुर्डसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।
६६औं मिनेटमा सिगुर्डसनले नै दोस्रो गोल गर्दै एभर्टनलाई २–० गोलको अग्रतामा पुर्याए । अतिरिक्त समयमा लेविनले गोल गर्दै एभर्टनलाई कार्डिफ सिटीमाथि ३–० गोलको जित दिलाए ।
त्यस्तै अन्य खेलमा न्युक्यासलले बर्नेलीलाई २–० ले र हडर्सफिल्डले वोल्भेसलाई १–० ले पराजित गरेका छन् ।