१० मंसिर २०८१, सोमबार
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ ।
बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।
लिभरपुलका लागि साडियो माने र भिर्गिल भान डिज्कले दुई दुई गोल गरे । यस्तै डिभोक ओरिगीको नाममा एक गोल गरे ।
खेलको नवौं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा मानेले अर्को गोल गर्दै २–० गोलको अग्रता दिलाए । ६६ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलले ३–० गोलको अग्रता बनाएको थियो । ७९ औं मिनेटमा डिज्कले गोल गर्दा लिभरपुलको ४–० को अग्रता बनाएको थियो ।
त्यसपछि ८२ औं मिनेटमा डिज्कले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५–० को जित दिलाए ।
जितसँगै लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता कायम राख्न सफल भएको छ । लिभरपुलले २८ खेलबाट ६९ अंक जोडेको छ । पराजित वाटफोर्डको २८ खेलबाट ४० अंक छ ।