१ मंसिर २०८१, शनिबार
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका परिवारलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भेटेका छन्।
प्रचण्डले बिहीबार बिहान पर्यटन तथा नागरिक उड्डयन मन्त्री मृतक रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरेका हुन् ।
त्यस्तै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटी समवेदना दिएको प्रचण्डको सचिवालयले जनाएको छ।
मन्त्री अधिकारीका बाबु अझै पनि अर्धचेत अवस्थामा रहेको बताइएको छ।