१ मंसिर २०८१, शनिबार
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिले पनि मृतकहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।
टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
राष्ट्रिय झण्डा ओढाइसकेपछि नेकपाका अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए ।
अहिले टुँडिखेलमा ठूलो संख्यामा विभिन्न दलका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ ।