१ मंसिर २०८१, शनिबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताएका छन् ।
पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा मोरङको उर्लाबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो अधिब्यक्ति दिएका हुन् ।
उनले भने, ‘संसद्मा हाम्रो पार्टीको बहुमत छैन तर सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिनेछ ।’
थापाले मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै फागुन मसान्तभित्र माग पूरा नभए चैतदेखि देशव्यापी सङ्घर्षमा उत्रने चेतावनी समेत दिए ।
२०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइड बडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न समेत थापाको माग थियो।