१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको वाइडबडी विमान खरिद प्रकरणमा कुनै पनि संलग्नता नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मानमर्दन गर्न खोजेको भन्दै आपत्ति पनि जनाए ।
शुक्रबार मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न बसेको पार्टी संसदीय दलको बैठकमा उनले मन्त्री अधिकारी कुनै पनि लोभलालचमा पर्ने खालको नभएको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीले नेपालको नागरिक उडड्यनको क्षेत्रमा असाधारण काम गरेको पनि स्मरण गराए । वाइडबडीमा केही तत्वले मन्त्री अधिकारीको बदनाम गराउन खोजेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
“यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्नँ, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको विषय वाइडबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बदनाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो,” प्रधानमन्त्री ओलीले भने ।