१ मंसिर २०८१, शनिबार
राष्ट्रियसभाको बैठकले शोक प्रस्ताव पारित गरेको छ ।
शुक्रबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाप्रति शोक प्रस्ताव पारित गरेको हो ।
शोक प्रस्ताव पारित गर्नुअघि सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेश तिमल्सिनाले शोक वक्तव्य पढेर सुनाएका थिए। बैठकमा निधन भएकाहरुप्रति एक मिनेट मौन धारण समेत गरिएको थियो।