१ मंसिर २०८१, शनिबार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपाले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
यसैगरी आगामी २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णयसमेत गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।
अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ ।
उनका अनुसार आजको बैठकमा एक मिनेट मौन धारण र शोक प्रस्ताव पारित भएको छ ।