१० मंसिर २०८१, सोमबार
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाद्वारा रियल मड्रिड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाका लागि इभान राकिटिकले निर्णायक गोल गरे ।
खेलको २६औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई ३ अंक दिलाएका थिए । घरेलु मैदानमा रियलले बराबरीको कोशिश गरेपनि त्यो सफल हुन सकेन ।
चार दिन अघि कोपा डेल रे फुटबलमा बार्सिलोनासँग ब्यहोरेको हारको बदला लिने अवसर रियलले गुमाउयो ।
शीर्ष स्थानमा रहेको बार्सिलोनाले जितसँगै २६ खेलबाट ६० अंक बनाएको छ । पराजित रियलको भने २६ खेलबाट ४८ अंक छ ।
ला लिगा लिगअन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा स्पानियोलले रियल भ्यालडोलिडलाई ३-१ ले, अलभेसले भिलारियललाई २-१ ले र ले अलभेसलाई हुइस्काले सेभियालाई २-१ गोलअन्तरले पराजित गरेका छन् ।