ग्यास उद्योगी र नेपाल आयल निगमबीच ३ बुँदे सहमति (पत्रसहित)

होमल्याण्ड खबर

२०७५ फाल्गुन २२ गते, बुधबार १०:०० मा प्रकाशित

आन्दोलनरत ग्यास उद्योगी र नेपाल आयल निगमबीच सहमति गरेको छ।

ग्यास व्यवसायीको साझा संस्था नेपाल एलपी ग्यास संघ र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलबीच ३ बुँदे सहमति भएको हो।

सहमति पत्रमा निगम संचालक समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने, पेट्रोलियम पदार्थको व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने र व्यवसायीले गरेका आन्दोलनका कार्यक्रम स्थगित गर्ने उल्लेख छ।