१ मंसिर २०८१, शनिबार
कांग्रेसका ५६ जिल्ला सभापतिहरुले स्वतः प्रतिनिधिको प्रावधान संशोधन नहटाए विशेष महाधिवेशनका लागि हस्ताक्षर थाल्ने चेतावनी दिएको समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, आरक्षण कोटा दोहोर्याउन नपाउने व्यवस्था विधानमा राख्नुपर्ने मागसमेत उनीहरुले दोर्याएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकले फागुन १२ गते स्वतः प्रतिनिधिको व्यवस्था यथावत् राख्ने निर्णय गरेपछि आक्रोशित जिल्ला सभापतिले मंगलबार संयुक्त विज्ञप्तिमार्फत विशेष महाधिवेशनको चेतावनी दिएका हुन् ।