१० मंसिर २०८१, सोमबार
एजेन्सी । पोर्चुगाली क्लब एफसी पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रि–क्वाटसफाइनल खेलमा ए एस रोमालाई पराजित गर्दै पोर्टाे च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
पहिलो लेगमा २–१ गोलले पछि परेको पोर्टाेले गए राति भएको खेलको अन्तिम समयमा पेनाल्टी पाएपछि सहज जित निकाल्न सफल भएको हो । पोर्टोले रोमालाई समग्रमा४–३ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनायो ।
पोर्टाेलाई जित दिलाउन फ्रान्सिस्को सोआरेस, मोउसस मारिगा र आलेक्स टेलेसले समान एक एक गोल गरे । उता मोमाको तर्फबाट डी रोसीर मारिगाले एक गोल गरेका थिए ।
पोर्टाेका लागि खेलको २६ औं मिनेटमा सोआरेसले गोल गर्दै सुरुवाती अग्रता दिलाए । तर ३७ औं मिनेटमा डी रोसीले गोल गर्दै खेल बराबरीमा पुर्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ५२ औं मिनेटमा मारिगाले गोल गर्दै पोर्टोको अग्रता दोब्बर पारे ।
निर्धा्रित ९० मिनेटमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । पहिलो लेग र दोस्रो लेगको तथ्यांकले दुबै टिम ३–३ गोलको बराबरीमा पुगेका थिए । खेलको १ सय १७ औं मिनेटमा टेलेसले पेनाल्टी मार्फत् गोल गर्दै टिमलाई क्वाटरफाइनलमा पुर्याउन सफल भए ।