१० मंसिर २०८१, सोमबार
आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा लज्जास्पद हार भोगेको छ ।
बिहिबार राति भएको खेलमा इंग्लिस क्लब आर्सनलले फ्रेन्च क्लब रेनिससँग ३–१ ले लज्जास्पद हार भोगेको हो ।
रेनसका लागि बेन्जामिन र इसमिला सार्रले एक एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । आर्सनलका नाचो मोनरियलले आत्मघाती गोल गरेका थिए । यस्तै आर्सनलका लागि एलेक्स इओबीले एक गोल गरे ।
खेलको चौंथो मिनेटमा इओबीको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । ४२ औं मिनेटमा बेन्जामिनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६५ औं मिनेटमा नाचोले आत्मघाती गोल गर्दा रेनस २–१ को ले अग्रता बनायो ।
त्यसपछि ८८ औं मिनेटमा इसमिलाले गोल गर्दै रेनसलाई ३–१ को जित दिलाए ।
४१ औं मिनेटमा सोक्रेट्स दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।
दोस्रो लेग आर्सनलको मैदानमा १५ मार्चमा हुनेछ ।