१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओली स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउतले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।
बिहिबार सर्वोच्चको आदेशपछि थुनामुक्त भएका सिके राउतले अखण्ड नेपाल स्वीकार गर्दै आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा प्रधानमन्त्रीसँगै सम्बोधन गर्ने भएका हुन् ।
उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी क्रियाकलाप समाप्त भएको घोषणा गर्ने समेत बताइएको छ ।
अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक समेत बसेको छ । बैठकमा सिके राउतलाई नेकपा भित्र्याउने विषयमा पनि बैठकमा छलफल भएपनि उनी नेकपा प्रवेश गर्ने बारे ठोस धारणा बनिसकेको छैन ।