१ मंसिर २०८१, शनिबार
बझाङकी प्रदेश सभा सांसद देवकी मल्ल सम्पर्कमा आएकी छन्।
शुक्रबार विहान ११ बजेदेखि सम्पर्कविहीन भएकी उनी दिउँसो ४ बजे केदारशिर गाउँपालिका ताउडाबाट सम्पर्कमा आएकी हुन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक विषयका लागि लगेको र अहिले जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी सूर्य सुनारले बताए ।
सम्पर्कमा आएपछि प्रहरीको टोली उनलाई लिन त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।
नारी दिवसको अवसरमा बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि गएकी उनी सम्पर्कविहीन भएकी थिइन् ।
मल्ल बझाङ ‘ख’की प्रदेश सभा सांसद हुन्।