१ मंसिर २०८१, शनिबार
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिएको संसदमा जानकारी गराएको छ।
आइतबार प्रतिनिधि सभाको बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवले सभामुखमार्फत सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।
आफूहरुले उठाएको मागहरु सरकारले सम्बोधन नगरेको भन्दै समर्थन फिर्ता लिनु परेको बताउँदै उनले सरकारले आफूहरुको माग सम्बोधन नगरेको विषयमा प्रधानमन्त्रीको जावफ समेत माग गरे।