सहमतिमा प्रयोग गरिएका शब्दहरु राष्ट्रहित विपरितः भीम रावल

होमल्याण्ड खबर

२०७५ फाल्गुन २६ गते, आईतवार १४:०६ मा प्रकाशित

सत्तापक्ष दल नेकपाका सांसद भीम रावलले सरकार र सिके राउतबीच भएको सहमति राष्ट्रहित विपरित रहेको बताएका छन् ।

आइतबार संसद बैठकमा बोल्दै रावलले सिके राउतलाई राजनीतिको मूल धारमा ल्याउनु स्वागत योग्य भएपनि सहमतिमा पत्रमा भएका शब्दहरु राष्ट्रहित विपरित रहेको बताएका हुन् ।

सरकारले सिके राउतसँग सहमति गरेको छ त्यो सहमति संविधानको भावना अनुरुप छैन भन्दै रावलले भने , ‘ राउत पक्षले सो सहमतिलाई जनमत संग्रहको रुपमा व्याख्या गरेको र त्यो कुरा आपत्तिजनक छ। सरकरले के गर्न खाजेको हो त्यो प्रष्टाउनु पर्दछ ।’

रावलले भने, ‘म सरकारलाई त्यसमा भएको त्रुटी सच्याइयोस् भनेर माग गर्न चाहन्छु’ ।

अर्को विज्ञप्ती जारी गरेर स्वाधिनता र अखण्डताविरुद्ध भनेका कुरा फिर्ता गरिएको र राउतले अब उप्रान्त नेपालको संविधान आत्मसात गरेर स्वाधिनता र अखण्डता अनुरूप शान्तिपूर्ण प्रतिष्पर्धामा जान म तयार भएको छु भनेर पूरक वक्तव्य दिनुपर्छ ।’

सिके राउतले संविधानको धारा ५ अनुसार दण्डनीय कार्य गरेको समेत उनले बताए ।