सरकारको जोवन ठट्टैमा जान लाग्योः सांसद रिजाल

होमल्याण्ड खबर

२०७५ फाल्गुन २६ गते, आईतवार १६:४५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता एवं सांसद मीनेन्द्र रिजालले सरकारको एक वर्ष ठट्टा र रमाइलोमा नै वितेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रिजालले अरुणा लामाको गीत गाउँदै जनताको अभिमत ल्याएर के के न गर्छु भन्दै आएको सरकार ठट्टा र रमाइलो गर्दै विताएको बताएका हुन् ।

उनले भने, ‘सरकार बन्दा तारा होइन जुनै झारिदिउला भन्ने गाएर आएको थियो तर ठट्टैमा वर्ष दिन वित्यो, सरकार अगाडि बढन् सकेन।’

अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने बेलामा अर्थमन्त्रीले श्वेतपत्रमा उल्लेख गरेको विषयलाई नै दोहोयाउँदै रिजालले श्वेतपत्रको बुँदा नं ४० मा लेखेको जस्तै समग्रमा अर्थतन्त्र अहिले पनि विप्रेषण आय, आयात र उपभोगको चक्रब्यूहमा रुमलिएको बताए ।

उनले अर्थमन्त्रीमाथि प्रश्न गर्दै भने, ‘अहिले पनि अर्थतन्त्र मन्त्रीको श्वेतपत्रमा उल्लेख भएको जस्तै चक्रब्यूहमा रुमलिएको छ । केही सुधार भएको छ त अर्थमन्त्री ज्यू ?’

यसरी ठूलो मत लिएर आएको सरकारले अपेक्षित उपलब्धी हाँसिल गर्न नसकेको उनको आरोप छ ।