१ मंसिर २०८१, शनिबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ) सडकमा उत्रिएको छ ।
पृथकतावादी अभियान्ता सिके राउतसँग सरकारले गरेको सम्झौता खारेज गर्न माग गर्दै नेविसंघ सडकमा उत्रिएको हो ।
मंगलबार बिहान काठमाडौंका त्रिचन्द्र, पशुपति, शंकरदेव रत्नराज्यलगायत क्याम्पस अगाडिबाट नेपाल बिधार्थी संघले बिरोध प्रदर्शन सुरु गरेको छ ।
प्रर्दशनमा उत्रिएका नेविसंघका कार्यकर्ताले सम्झौतामा देश टुक्र्याउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी जनअभिमत भनिएकाले यो कुनै हालतमा मान्य नहुने भन्दै सम्झौता खोरेज गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले ‘देश टुक्र्याउन पाईदैन, देश सबैको साँझा हो’, ‘सिके राउतसंगको सम्झौता खारेज गर’, ‘सिके राउतलाई कारवाही गर’ जस्ता नाराहरु लगाएका थिए ।