१० मंसिर २०८१, सोमबार
जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति च्याम्पियन्स लिगको दोस्रो लेगमा बायर्नलाई ३–१ गोलअन्तरले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि बायर्नको मैदानमा भएको दोस्रो लेगमा लिभरपुल विजयी भएको हो ।
दोस्रो लेगमा लिभरपुलका लागि साडियो मानेले दुई, भर्जिल भान डेजकले एक गोल गरे । यस्तै। लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेपछि बायर्न म्युनिखले एक गोल उपहार स्वरुप पाएको थियो ।
खेलको २६औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवती अग्रता दिलाएका थिए ।
३९ औं मिनेटमा लिभरपुलका माटिपले आत्मघाती गोल गरेपछि बायर्न बराबरीका आएको थियो । ६९ औं मिनेटमा डेजकले गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए । त्यस्तै, ८४ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–१ गोलको जित दिलाए ।