१ मंसिर २०८१, शनिबार
पोखरामा विवेकशील साझा पार्टीमा आवद्ध युवाहरुले बन्द विरुद्ध प्रदर्शन गरेका छन्।
पार्टीले पोखराको पृथ्वीचोकमा बन्द विरुद्ध प्रदर्शन गर्दै उनीहरुले विभिन्न नाराहरु जस्तैः ‘बन्दले देश बन्दैन’, ‘बन्दको विकल्प खोजौँ’, ‘नेपाल खुला छ’ लगायतका प्लेकार्डसहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका छन्।
बन्द हड्तालले युवाहरुको भविष्यसंग जोडिएको विद्यालय, कलेज बन्द हुनु, उद्योग व्यापारसमेत ठप्प हुन जस्ता बन्द विरुद्ध प्रदर्शनमा उत्रेका युवाहरुले बताएका छन्।
पोखरामा सवारी साधन फाट्टफुट्ट चलेका छन् भने पोखराका मुख्य बजारहरु बन्द रहेका छन्।
कास्कीका विद्यालय बन्द छन् भने परिक्षासमेत रोकिएको छ।