१० मंसिर २०८१, सोमबार
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार एक खेल हुँदैछ ।
मंगलबार हुने खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र साबिकको बिजेता चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।
श्रेयस आयरको कप्तानीमा रहेको दिल्ली र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेका चेन्नईबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।
फिरोज कोट्ला क्रिकेट स्टेडियममा दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पहिलो खेलमा दिल्लीले मुम्बइ इण्डियन्सलाई ३७ रन र चेन्नईले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ७ विकेटले हराएका थिए ।
चेन्नईविरुद्ध आज हुने खेलमा पनि सन्दीपले खेल्ने मौका निकै कम देखिएको छ ।