जिम्मेवार कार्यकर्ताले पाटीएविरुद्ध बोले र सामाजिक सञ्जालमा लेखे कारबाही गरिन्छ : नेपाली कांग्रेस

होमल्याण्ड खबर

२०७५ चैत्र १३ गते, बुधबार १५:०२ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता कार्यकर्ताहरूलाई पार्टी्विरुद्ध लेख्न, बोल्न र आरोप–प्रत्यारोपमा नलाग्ने निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको पहिलो बैठकले सार्वजनिक मञ्चमा पार्टी्विरुद्ध नबोल्न र सामाजिक सञ्जालमा नलेख्न सचेत गराएको हो ।

नेपाली कांग्रेसका जिम्मेवार नेता तथा कार्यकर्ताले पार्टी हितविपरीत हुने गरी कुनै पनि गतिविधि लिखित, अभिव्यक्ति वा सामाजिक सञ्जालमार्फत् सार्वजनिक रूपमा प्रकट गरेमा कारबाही गर्ने निर्णय गरेको छ ।

पार्टी हितविपरीत हुने गरी कुनै गतिविधि लिखित, अभिव्यक्ति वा सामाजिक सञ्जालमार्फत् सार्वजनिक रूपमा प्रकट गर्नु केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय भएकोले त्यस्तो गतिबिधिलाई निषेध गरिएको समितिका सदस्य धनराज गुरुङले बताएका छन् ।
साथै समितिको बैठकले नेताहरूले पार्टी हितविपरीतका कुनै काम, कारबाही र गतिविधि गरेको भएमा चैत मसान्तभित्र प्रमाणसहित उजुरी दिन समेत आग्रह गरेको छ ।

समितिले तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार हराउन भूमिका खेल्ने र विधान विपरीत कार्य गर्ने जोसुकै नेता–कार्यकर्तालाई छानबिनको दायरामा ल्याउन सहयोग गर्न अनुशासन समितिले प्रेस विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।