१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द पौडेलले संविधान संशोधनका नाममा मधेशी जनतालाई भ्रममा पार्ने काम भइरहेको बताएका छन्।
बिहीबार नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले मधेशवादी दलहरू संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरी मधेशी जनतालाई भ्रममा पार्ने कार्य गरेको बताएका हुन् ।
तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो रहेको भन्दै उनले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी रहेको बताए ।
वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसालेमा नेपाली जनजीवन छिमेकी राष्ट्र चीन र भारतभन्दा पनि धनी र सुन्दर हुन सकिने धारणा व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको आरोप लगाउँदै नेता पौडेलले वाइडवडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको, अख्तियार ठूला काण्डलाई संरक्षण दिइ स–साना काण्डमा मात्र केन्द्रित रहेको आरोप समेत लगाए ।