विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

होमल्याण्ड खबर

२०७५ चैत्र १५ गते, शुक्रबार १०:३८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा लगानी सम्मलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न र नाफा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउँदै लगानीकर्ताहरुलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका हुन् ।
उनले नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि निकै राम्रो वातावरण बनेको बताए ।
प्रधानमन्त्री ओलीले आर्थिक बृद्धिको लागि राजनीतिक स्थायित्व मुख्य आवश्यकता रहेको बताउँदै अहिले देशमा राजनीतिक स्थिरताको साथै नीतिगत रुपमा एकरुपमा रहेको पनि जिकिर गरे ।