१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीको भनाई दया लाग्दो बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक कार्यक्रममा कांग्रेसप्रति गरेको टिप्पणी दया लाग्दो भएको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री ओलीले कांग्रेसप्रति आत्मरतिपूर्ण टिप्पणी गर्नुभएको रहेछ । उहाँ आफैले कमजोर महशुस गर्नुभएको छ त्यसमा कांग्रेसले केही भन्नु आवश्यक छैन।’
जिम्मेवार नेताहरुले हिन्दु राष्ट्रको पक्षमा बोले पनि त्यो पार्टीको आधिकारिक धारणा नभएको भन्दै उपसभापति निधिले नेताहरुले सार्वजनिक रुपमा गर्ने त्यस्ता टिप्पणी पार्टीको आधिकारिक धारणा नहुने बताए ।