नेविसंघको तदर्थ समिति एक हप्ताभित्र गठन, उमेर हद लागू नहुने

होमल्याण्ड खबर

२०७५ चैत्र १५ गते, शुक्रबार १७:०१ मा प्रकाशित

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति एक हप्ताभित्र गठन  गरिने बताएका छन्।

शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको र एक हप्ताभित्र गठन गरिसक्ने बताएका हुन् ।

नेता महतले भने, ‘नेविसंघ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति एक हप्ताभित्र गठन गर्न लागिएको छ र त्यो समितिले ६ महिनाभित्रमा महाधिवेशन गरिसक्ने छ ।’

नेता डा महतले नेविसङ्घको विधानअनुरुप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्ने तर तदर्थ समितिमा भने उमेरको हद लागू नहुने समेत स्पष्ट पारे ।