मुलुकको राष्ट्रिय हितमा एकजुट भएर अघि बढ्नुपर्छः डा. महत

होमल्याण्ड खबर

२०७५ चैत्र १७ गते, आईतवार १६:२९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुकको राष्ट्रिय हितमा एकजुट भएर अघि बढनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै उनले भने, ‘सरकारले प्रतिपक्षसँग सल्लाह गर्नुपर्छ । मुलुकमा राजनीतिक संक्रमण अन्त्य भयो । अब विकास र समृद्धिको लागि भाषणबाजी गरेरमात्रै हुँदैन् । काम गर्नुपर्छ ।’

उनले भने, ‘आज क्लब शक्तिशाली मिडिया फोरम बनेको छ । लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागि क्लबले अतुलनीय भूमिका निर्वाह गरेको छ ।’ उनले नेपाललाई विश्वको सदासहायता रहेको बताए ।

 उनले थपे,‘नेपाललाई सँधै सबैको सदासहायता छ ।’