हावाहुरी पीडितलाई डा. भट्टराईल१५ दिनको तलब दिने

होमल्याण्ड खबर

२०७५ चैत्र १९ गते, मंगलवार १२:३६ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्साका हावाहुरी पीडितलाई १५ दिनको तलब सहयोग गर्ने बताएका छन् ।
बारा र पर्सामा भीषण हावाहुरीले र्पुयाएको क्षतिमा पुनर्स्थापनाका निम्ति उनले आफ्नो १५ दिनको तलब सहयोग गर्न लागेका हुन् ।

साथै संयोजक डा. भट्टराईले राहत र पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आ–आफ्नो हैसियत अनुसार आर्थिक सहयोग गर्न आह्वान गरेका छन् ।

राहत रकम सिधै वा आआफ्नो कमिटीमार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन पनि भट्टराईले आह्वान गरेका छन् । संकलित रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने भट्टराईले बताए ।
उनले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न पनि निर्देशन दिएका छन् ।