हावाहुरी प्रभावित पीडितलाई २५ लाख दिने देउवाको घोषणा

होमल्याण्ड खबर

२०७५ चैत्र १९ गते, मंगलवार १५:३६ मा प्रकाशित

बारामा हावाहुरीको क्षती अवलोकन गर्न गएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हुरी प्रभावित सहयोगको लागि २५ लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका छन ।

बाराकाे फेटा गाँउपालिका पुगेका सभापति देउवाले पीडितलाई पार्टीको तर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने  प्रतिवद्धता व्यक्त गरेका हुन् । देउवाले हावाहुरीपछिको उद्दार र राहातमा केन्द्र सरकारको उपस्थिति कमजोर भएको दाबी गरेका छन् ।