२४ फाल्गुन २०८२, आईतवार
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान सरकारलाई संघीयता विरोधी काम गर्दै आएको आरोप लगाएका छन् ।
प्रेस युनियन स्याङ्जाले मंगलबार वालिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, राज्य बिखण्डनको नीति लिने सीके राउतलाई अंगालेर नेत्र विक्रम चन्द विप्लवलाई प्रतिवन्धित गर्नु लज्जास्पद हो भन्दै सरकारले पहिलो वार्ता विप्लव समूहसँग गर्नुपर्दथ्यो ।


कार्यक्रममा बोल्दै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको र हिन्दु राष्ट्रको पक्षमा नरहेको बताएका छन्। ‘आउँदो अधिवेशनमा म सभापतिको उम्मेदवार बन्छु भनेको छैन, परामर्शमा छु । वीपी कोइरालाको मार्ग चित्रमा हिँड्ने सबै व्यक्ति नै उहाँका सच्चा सपुत हुन्,’ महामन्त्री कोइरालाले भने, संविधान र गणतन्त्र कार्यान्वयनका लागि सबै एकजुट हुनु आवश्यक छ।
आफ्नै आन्तरिक द्वन्द्वका कारण चुनावमा पार्टी हारेको भन्दै अब गुट र उपगुटको अन्त्य गरी पार्टी संगठित र सुदृढीकरणमा आफू अघि बढेको बताएका छन् ।