आईपिएलः राजस्थानसंग बेंगलोर पराजित

होमल्याण्ड खबर

२०७५ चैत्र २० गते, बुधबार ११:०५ मा प्रकाशित

एजेन्सीः भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित गरेको छ ।

मंगलबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको बेंगलोरले ४ विकेटमा १ सय ५८ मात्र बनाउन सक्यो । जवाफमा राजस्थानले ३ विकेटमा सजिलै १ सय ६४ रन जोड्यो । त्यस्तै श्रेयसले १२ रनमा तीन विकेट लिएको हो ।

बैंगलोरको भने यो लगातार चौंथो हार हो । चार खेलमा चार हार व्यहोरेको बैंगलोर लिगको पुछारमा रहेको छ । बैंगलोरले अंक जोड्न सकेको छैन ।