१० मंसिर २०८१, सोमबार
रोयल च्यालेन्जर्स बैंग्लोरमाथि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बैंग्लोरको घरेलु मैदानमा ४ विकेटको नतिजा निकाल्दै दिल्लीले तेस्रो जित दर्ता गरेको हो ।
१ सय ५० रनको लक्ष्य दिल्लीले १ ओभर र १ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो । दिल्लीको जितमा कप्तान श्रेयस ऐयरले अर्धशतकीय पारी खेले । ५० बल सामना गरेका कप्तान ऐयरले ८ चौका र २ छक्काको मदतमा ६७ रन बनाए ।
पृथ्वी शाले २८
रन बनाउँदा कोलिन
इन्ग्रामले २२ तथा
रिसब पन्तले १८
रन बनाए ।
बैंग्लोरका नभदिप सैनीले २,
टिम साउथी, नेगी
मोहमद, सिरज र
मोईन अलीले समान
१-१ विकेट
लिए ।
यसअघि पहिला ब्याटिङ
गरेको बैंग्लोरले निर्धारित
२० ओभरमा ८
विकेटको क्षतिमा १ सय
४९ रन बनाएको
थियो । दिल्लीका
लागि कप्तान विराट
कोहलीले सर्वाधिक ४१ रन
जोडे । ३३
बल खेलेका कोहलीले
१ चौका र
२ छक्का प्रहार
गरेका थिए ।
मोईन अलीले ३२ रनको योगदान दिएकाथिए । अलीलाई नेपाली युवास्टार सन्दीप लामिछानेले आउट गरेका थिए ।
बलिङतर्फ कगिसो रबडाले सर्वाधिक चार विकेट लिँदा क्रिस मोरिसले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र अक्षर पटेलले समान एक-एक विकेट लिए ।
जितसँगै दिल्ली क्यापिटल्स ६ अंक जोड्दै लिग तालिकाको पाँचौं स्थानमा छ । लगातार हार ब्यहोरेको बेङलोर पुछारमा छ । आजको हारसँगै बैंग्लोरको शिर्ष चारमा पर्ने सम्भावना सकिएको छ ।