१० मंसिर २०८१, सोमबार
ओलम्पिक छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले प्रतियोगिताको अन्तिम खेलमा आज इन्डोनेशियासँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ए को अन्तिम खेल मंगलबार बहतु रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
यी दुवै टिमले समुहका दुई खेलमा हार ब्यहोर्दै बाहिरिसकेका छन् । जसका कारण दुबै टिमले आज प्रतिष्ठाका लागि खेल्नेछन ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ३–१ ले र दोस्रो खेलमा भारतसँग सोहि गोल अन्तरले पराजित भएको थियो ।
यस्तै, इन्डोनेशिया पहिलो खेलमा भारतसँग २–० ले र दोस्रो खेलमा आयोजक म्यानमारसँग ६–० ले पराजित भएको थियो ।
फिफा वरियतामा इन्डोनेसिया ८६ औं स्थान छ भने नेपाल १०३ औं स्थानमा रहेको छ ।