१ मंसिर २०८१, शनिबार
आज राप्रपाले सबै स्थानीय तहमा १ घण्टा धर्ना दिने भएको छ ।
शान्तिपूर्ण जनसंघर्षको घोषणा गरि आन्दोलनमा होमिएको राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, मूल्य वृद्धि नियन्त्रण लगायत २२ बुँदे माग राखी आन्दोलन गर्ने भएको छ ।
यसअघि काठमाडौं सिंहदरबार प्रदेशमा मुख्य मन्त्रीको कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम सम्पन्न गरेको राप्रपाले तीन हप्ता अघि देखि हिन्दु राष्ट्रका लागि हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको छ ।
चैत २३ गते सम्पन्न गर्ने भनिएपनि देशैभर माग बढेको भन्दै राप्रपाले हस्ताक्षरको समय थप गर्दै ३० गतेसम्म जारी राख्ने जनाएको छ । आफ्ना २२ बुँदे माग पूरा गर्न सरकारलाई दबाब सिर्जना गर्न, मागका पक्षमा जनमत बनाउन तथा स्थानीय तहमा भ्रष्टाचार बढेको र भ्रष्टाचार विकेन्द्रीत हुँदै गएको भन्दै राप्रपाले देशैभरका स्थानीय तहमा धर्ना दिन लागेको हो ।
राप्रपाको मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जनसंघर्षका कार्यक्रममा सामान्य संशोधन र केही कार्यक्रम थप गरेको छ । अधिकांश स्थानीय तहमा प्रभावकारी धर्ना सञ्चालन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई खटाएको छ ।