१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिष्ट पार्टि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसलाई सहकार्यकासाथ अगाडी बढ्न आग्रह गरेका छन्।
बिहीबार चितवनको जेम्स वल्र्ड फनपार्कको उद्घाटन गर्दै प्रचण्डले सहमतिको अरु विकल्प नभएकाले सहकार्य गर्दै अघि बढ्न कांग्रेससंग आग्रह गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रचण्डले भने, विगतमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधान निर्माण पनि सहमतिबाटै सम्पन्न भएकाले अब पनि सहकार्यको विकल्प छैन ।
प्रचण्डले सत्तापक्ष र प्रतिपक्षी नभनि सहकार्य गर्नेहो भने समृद्धिको समना पुरा हुन धेरै समय नलाग्ने बताए।
संविधान निर्माणपछि समृद्धिको यात्रा तय भईसकेकाले आगामि १० वर्षमा मुलुकले धेरै कोल्टे फेर्ने उनको भनाइ छ।
चितवनबाट प्रतिनिधि सभा सांसद रहेका प्रचण्डले चितवनमा बन्न लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशालालगायत विभिन्न किसिमका रेकर्डहरु बन्दै गएको अवस्थामा मनोरञ्जनका लागी पनि देशकै ठुलो फनपार्क बनेर अर्को रेकर्ड कायम भएको बताए।