१० मंसिर २०८१, सोमबार
युरोपा लिग फुटबलको क्वार्टरफाईनलको पहिलो लेगको खेलमा चेल्सीले कठिन जित निकालेको छ ।
बिहिबार राति भएको खेलमा चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागलाई १–० कठिन जित निकालेको हो ।
चेल्सीका लागि मार्कोस एलान्सोले निर्णायक गोल गरे ।
खेलको ८६औं मिनेटमा एलान्सोले गोल गर्दै चेल्सीलाई महत्वपुर्ण जित दिलाए ।
दोस्रो लेगको खेल अप्रिल १८ मा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।