८ मंसिर २०८१, शनिबार
मध्यपुरथिमी क्षेत्रका बासिन्दाले आज सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाईरहेका छन् ।
थिमिमा मात्र मनाइने सिन्दुर जात्रामा बिहान ७ बजे सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको हो ।
जात्रा सुरु भएपछि हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसै गरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइ रहेका छन् ।
थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रूपमा सिन्दुर जात्रा गर्ने भएपनि हाल १९ वटा खटको सहभागी हुने गरेको छ ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुरेजात्रा मनाइने परम्परा रहेको छ ।