१ मंसिर २०८१, शनिबार
सरकारी जग्गा प्रकरणका अनियमितताबारे खबरदारी गर्न विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागी पार्टीको नेता–कार्यकर्ताले भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म, ठूलो माछा कता छ सिंहदरबार जता छ, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार, भ्रष्टाचारी बहिष्कार, माफियातन्त्र अस्विकार आदि लेखेका प्लेकार्ड बोक्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
बिहान १० बजेदेखि पार्टीको प्रदर्शन सुरु भएको हो ।