१० मंसिर २०८१, सोमबार
आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको नेपालले आफ्नो अन्तिम तथा पाँचौं खेलमा आज कुवेतसँग अहिले प्रतिस्पर्धा गर्दैछ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले कुवेतविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ भने कुवेतले ब्याटिङ गर्दैछ ।
पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको नेपाल दोस्रो खेलमा यूएईसँग १ रनले पराजित भएपछि विश्वकपको यात्रा कठिन बनेको छ । नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेटले र चौथो खेलमा ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले हराएको थियो । कुवेतले सुरुवाती ४ खेल मध्य तीनमा जित निकालेको छ ।
नेपालको विश्वकप यात्रा शीर्ष स्थानको युएई र ओमानबीचको खेलले तय गर्ने छ । उक्त खेलमा ओमानले जित निकालेमा नेपाल विश्वकपमा छनोट हुनेछ । तर, नेपालले कुवेतलाई हराउनु पर्नेछ ।