१० मंसिर २०८१, सोमबार
मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा कुवेतले नेपाललाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले नेपाललाई जितका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
पहिले ब्याटिङ गरेको कुबेतले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो ।
कुवेतका लागि नोमन बुद्रोले ७०, गोकुल कुमारले ३६ तथा हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाए ।
नेपालका कप्तान रोहित कुमार पौडेलले ३, कुशल मल्ल, सुर्य तामाङ र राशिद खानले समान २ २ विकेट लिए ।