नेपाली कांग्रेसमा ६० र ४० को भागबण्डामा जाने सहमति

होमल्याण्ड खबर

२०७६ बैशाख ५ गते, बिहीबार १६:२७ मा प्रकाशित

नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्य सम्पादन समितिदेखि लिएर सबै समितिहरुमा ६० र ४० को भागबण्डामा जाने सहमति भएको कांग्रेसनिकट उच्च स्रोतले जनाएको छ ।

वरिष्ठ नेता पौडेलले महासमिति बैठकको भावना र निर्णयविपरित जान नहुने भन्दै केन्द्रीय समितिमा विरोध जनाउँदै आएका थिए ।

कार्य सम्पादन समिति लगायत अन्य समिति र नियुक्तिमा देउवा पक्षले पौडेल पक्षलाई पेलेर जान खोजेपछि केन्द्रिय कार्य समिति बैठकसमेत अवरुद्ध भएको थियो ।

भर्खरै गठित अनुशासन समिति सहित कार्य सम्पादन समितिमा पनि पौडेलले सम्मानजनक उपस्थिति खोजेपछि विवादित देखिएको कांग्रेसमा सबै प्रकारका नियुक्ति र समितिमा ६० र ४० कै भागबण्डा हुने अन्तिम सहमति भएको छ ।