१० मंसिर २०८१, सोमबार
मलेसियामा भएको आइसीसी यू–१९ विश्वकप छनोटको एशिया क्षेत्रीय प्रतियोगिता खेलेर नेपाली टोली आज शुक्रबार साँझ स्वदेश फर्कदैछ ।
प्रतियोगितामा दोस्रो स्थानमा रहेको नेपाली टिम साँझ ५ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइ पुग्ने जनाइएको छ ।
आठौं पटक विश्वकप खेल्ने सपनाका साथ मलेसिया पुगेको नेपाली युवा टिमले युएईसँग ब्यहोरेको एक रनको झिनो हार नै घातक बन्न पुग्यो ।
युएईसँगको खेलमा बर्षा बाधक नभएको खण्डमा नेपालले विश्वकपमा स्थान बनाउने सुनौलो मौका रहेको थियो । यहि प्रतियोगिताका लागि प्रशिक्षक विनोद दाशले पछिल्लो एक बर्षदेखि निकै मेहेनत गरेका थिए ।
नेपालले प्रतियोगितामा सिंगापुरलाई दुई सय १७, मलेसिया र कुवेतलाई समान ८ विकेट तथा ओमानलाई एक सय ५० रनले हराएको थियो । तर युएईसँग भने डकवर्थ एण्ड लुइसको नियमका आधारमा एक रनको हार ब्यहोरेको थियो ।