राप्रपा र सरकारबीच आज वार्ता हुँदै

होमल्याण्ड खबर

२०७६ बैशाख १० गते, मंगलवार ११:४४ मा प्रकाशित

आज राप्रपा र सरकारबीच वार्ता हुँदैछ । आइतबार राप्रपालाई सरकारले पत्राचार गरेर वार्तामा बोलाएको थियो । सोही अनुसार मंगलबार वार्ता हुने भएको हो ।

राप्रपाले उठाउँदै आएको हिन्दु राष्ट्रलगायत २२ बुँदे मागबारे राप्रपा र सरकारबीच वार्ता हुँने बताइएको छ ।

वार्तामा सरकारसमक्ष पेश गरेको हिन्दु राष्ट्रको पुनर्स्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे जनमतसङ्ग्रहलगायत मागका विषयमा छलफल गरिने राप्रपाले जनाएको छ ।

सरकारसँग वार्ता गर्न पार्टीले नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।