विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जसहित दुई पक्राउ

होमल्याण्ड खबर

२०७६ बैशाख १० गते, मंगलवार १२:०८ मा प्रकाशित

सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जसहित दुई नेता झापाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहान रहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ प्रहरीले उनीहरुलाई बिर्तामोड नगरपालिका–१ को आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय, अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।