१० मंसिर २०८१, सोमबार
थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ ।
थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेसियालाई जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४१ रन बनायो ।
नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४, विशाल बिक्रम केसीले २८, दिपक बोहोराले र अर्जुन कुमालले समान १६/१६ रन तथा सुवास ऐरले ११ रन बनाए ।
मलेसियाका लागि सिद्धार्थ कार्तिकले ४ तथा लुकम्यान नुर हाकिम सहरले २ विकेट लिए ।