नेकपा विप्लव वार्तामा नआई सुखै छैनः गृहमन्त्री थापा

होमल्याण्ड खबर

२०७६ बैशाख १२ गते, बिहीबार १५:१५ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले नेकपा विप्लव समूहका गतिविधिलाई नियन्त्रण गर्न सरकार सफल भएको बताएका छन् ।

प्रदेश नं. १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले नेपाललाई नै विखण्डन गर्ने भनेर हिँडेका सीके राउतलाई समेत वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेको अवस्थामा विप्लवजी पनि वार्तामा आउनुको कुनै विकल्प नरहेको बताएका छन् ।

कुनै पनि सिद्धान्त बोकेका राजनीतिक दललाई शान्तिपूर्ण आन्दोलन गर्ने छुट छ तर शान्ति सुरक्षामा खलल पुर्याउन छुट कसैलाई नभएकोले विप्लव माओवादीका विध्वंशकारी गतिविधिलाई बन्देज लगाएको बताएका छन् ।