१० मंसिर २०८१, सोमबार
एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज शुक्रबार अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
गत कार्तिक दोस्रो साता थाइल्याण्डमा भएको पहिलो चरणको छनोटमा उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको नेपालले दोस्रो चरणको छनोटको पहिलो खेल अष्ट्रेलियासँग खेल्न लागेको हो ।
म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार ३ः१५ मा सुरु हुनेछ ।
समूह ए कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपाल कम्तिमा बराबरी खेल्ने लक्ष्यसहित मैदान उत्रने छ । अष्ट्रेलियालाई रोक्दै सुखद सुरुवातको गर्ने नेपाली टोलीको लक्ष्य छ ।
फिफा वरियतामा अष्ट्रेलिया ४१ औं स्थानमा रहेको छ भने नेपाल १६० औं स्थानमा रहेको छ ।
छनोटमा नेपालले अष्ट्रेलियापछि नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
नेपाली टोली :
गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ
डिफेण्डर : निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर
मिडफिल्डर : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती
फरवार्ड : रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय